7 years ago
December 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फादर मोरान मेमोरिअल फुटबल प्रतियोगिताको तेस्रो दिन बुधबार झापा महेशपुरको मोरान मेमोरिअल, सेन्ट जेभियर्स जावलाखेल ‘ए’ र सेन्ट जेभियर्स गोदावरी ‘ए’ विजयी भएका छन् ।
झापाको मोरानले आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी ‘बी’लाई १–० ले हराएको छ । खेलमा एकमात्र गोल युवराज राजवंशीले गरेका थिए । युवराजनै खेलको म्यान अफ दी म्याच घोषित भए ।
सेन्ट जेभियर्स जावलाखेल ‘ए’ले बुद्धनगरको रोजबड स्कुललाई ४–२ ले पराजित गर्यो । विजेता टोलीका लागि आशुतोष यादवले ह्याट्रिक गरे भने अर्को गोल सक्षम थापा गोल गरे । रोजबडका लागि एक मात्र गोल आर्यन मास्केले गरे । ह्याट्रिक गरेका आशुतोष म्यान अफ दी म्याच चुनिए ।
दिनको अन्तिम खेलमा आयोजक सेन्ट जेभियर्स ‘ए’ले चोभारको मोर्डन इन्डियन स्कुललाई २–० ले हरायो । जसमा अभिनव विष्ट र सानसङ बुढाले गोल गरे । सानसङनै खेलको म्यान अफ दी म्याच घोषित भए । २२ औं संस्करणको फादर मोरान मेमोरिअल फुटबलमा १५ टोलीको सहभागिता रहेको छ ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]