7 years ago
December 13, 2017
स्वान्सि (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज अन्तिममा रहेको स्वान्सि सिटीको सामना गर्दै छ । स्वान्सिको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ ।
म्यानचेस्टर सिटीले आफ्नो प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई आइतबार २-१ ले हराएको थियो । त्यस्तै स्वान्सिले पनि वेस्ट ब्रोमलाई हराउँदै सिजनको आफ्नो तेस्रो जित दर्ता गरेको थियो । सिटीका लागि कप्तान भिन्सेन्ट कम्पनी, डिफेन्डर जोन स्टोन्स र बेन्जामिन बेन्डि घाइते छन् ।
त्यस्तै दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेड बोर्नमथको सामना गर्दै छ । युनाइटेडका लागि पल पोग्बा प्रतिबन्धित छन् भने डिफेन्डर मार्कोस रोहो घाइते छन् । अर्का डिफेन्डर फिल जोन्स भने यस खेलमा चोटबाट फर्किन सक्ने छन् ।
त्यस्तै आर्सनल वेस्ट ह्यामको सामना गर्दै छ भने टोटनह्याम ब्राइटनसँग भिड्दै छ । अर्को बलियो टोली लिभरपुलले वेस्ट ब्रोमलाई निम्त्याउँदै छ । अन्य खेलमा न्युकासल एभर्टनसँग भिड्दै छ भने साउथह्याम्पटन लेस्टर सिटीको सामना गर्दै छ ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]