default_image

7 years ago

December 13, 2017

अनिलको गोलमा मनाङ दुहवी गोल्ड कपको फाइनलमा

92 views

0 Bookmark

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुवही रंगशालामा आज चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

बल अघि बढाउँदै कप्तान अनिल गुरुङ (बायाँ) र सुजल श्रेष्ठ । फाइल तस्बिर

कप्तान अनिल गुरुङले खेलको अन्त्यतिर गरेको गोलमा मनाङ वर्षको चौथो नकआउट फुटबल प्रतियोगिताको फाइनल पुगेको हो । केहि साता अघि मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिलले ८० औं मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ दी म्याच घोषित भएका मनाङका हेमन गुरुङले ५ हजार रुपैयाँ प्राप्त गरे ।

मनाङले त्रिभुवन आर्मी क्लब वा अग्नी रुपन्देही ११ मध्ये एकसँग फाइनल खेल्नेछ । भदौमा चितवनमा जेसिज कप जितेको मनाङले पछिल्लो दुईवटा फाइनल भने हारेको थियो । गत यसै महिना एक साताको बीचमा झापामा सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कप दुवै फाइनलमा मनाङ विभागिय टोली आर्मीसँग पराजित भएको थियो ।

आर्मीले भने यो वर्ष तीन वटा उपाधि जितसकेको छ । झापामा दुई उपाधि जित्नुअघि आर्मीले विशाल स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो । दुवहीमा मनाङले आयोजक इलेभन एरोज क्लबलाई ५–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।

राष्ट्रिय फुटबल टोलीका सदस्य विक्रम लामाको कप्तानीमा रहेको चर्च ब्वाइज मोफसलको बलियो टोली रमपम झापा ११ लाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा पुगेको थियो । इलेभेन एरोज र मनमोहन स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको अन्तिम सेमिफाइनलमा बिहिबार आर्मी र रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।

 

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.