default_image

7 years ago

December 13, 2017

किरणको क्लब प्रेसिडेन्ट्स कपको फाइनलमा

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस् प्रेसिडेन्ट्स कपको फाइनलमा पुगेको छ । माजियालाई गए राति २–० ले हराउँदै टिसी स्पोर्टस् उपाधि नजिक पुगेको हो ।

 

शुक्रबार हुने फाइनलमा सिजनको सर्वाधिक सफल टोली न्यू रेडियन्टको सामना गर्नेछ । गए राति इसा इल्माग्रेबीको गोलमा टिसीले १२ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । पहिलो हाफअघि नै खाली गामलले गोल गर्दै टिसी स्पोर्टस्को जित निश्चित गरेका थिए ।

माजिया बलियो टोली भएपनि यो सिजन कुनै सफलता पाउन नसकेको जनाउँदै किरणले हाम्रो खेलकुद डटकमसँग भने, ‘उनीहरुको तुलनामा हाम्रा टोलीको लगानी कम भएपनि यो वर्ष उच्च प्रदर्शन गर्न सफल भएको छ । सेमिफाइनल पनि निकै प्रतिस्पर्धात्मक रह्यो । आशा छ सिजनको अन्त्य उपाधि जितेर गर्नेछौं ।’

न्यू रेडियन्टसँग यो सिजनका सबै ६ खेल पराजित भएको थियो । माले लिग र धिवेही प्रिमियर लिग (डिपिएल) का गरि ४ लिग खेल र दुई वटा नकआउट खेलमा टिसी स्पोर्टस न्यू रेडियन्ट सँग पराजित भएको थियो ।

डिपिएलको विजेता समेत रहेको न्यू रेडियन्टले टिसी स्पोर्टसलाई प्रेसिडेन्ट्स कपको पहिलो सेमिफाइनल र एफए कपको फाइनल दुवैमा पेनाल्टी सुट आउटमा पराजित भएको थियो ।

प्रेसिडेन्ट्स कप माल्दिभियन फुटबलमा यो सिजनको अन्तिम प्रतियोगिता हो । किरणले माल्दिभ्समा उच्च प्रदर्शन गर्दै आएका छन् ।

उनी माल्दिभ्स फुटबल अवार्डको दोहोरो मनोनयनमा परेका छन् । उनी उत्कृष्ट विदेशी खेलाडी र उत्कृष्ट गोलकिपरको मनोनयनमा परेका थिए । अवार्ड विजेताको घोषणा शनिबार हुनेछ ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.