default_image

7 years ago

December 13, 2017

साफ च्याम्पियनसिप अर्को वर्ष बंगलादेशमा हुने

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रबीच फुटबलमा सबैभन्दा ठूलो मानिएको साफ च्याम्पियनसिप अर्को वर्ष बंगलादेशमा आयोजना हुने भएको छ । च्याम्पियनसिप ढाकामा सेप्टेम्बर ५ देखि १५ सम्म आयोजना हुने साफले जनाएको छ ।

Nepal National Football Team vs Indias


नेपाली फुटबल टोली । फाइल तस्बिर

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हरेक दुई वर्षमा आयोजना हुने भनिएपनि यसपटक झन्डै एक वर्ष ढिला हुन लागेको हो । यसअघि यहि डिसेम्बरमा आयोजना हुने बताइएको थियो ।

साफमा नेपालसहित सर्वाधिक सफल टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सको सहभागिता रहनेछ । सन् २०१३ को विजेता अफगानिस्तान भने साफ फुटबलबाट अलग भइ मध्य एसियामा सामेल भइसकेको छ । गत वर्ष साफको कार्यसमिति बैठकले २०१७ को डिसेम्बरमा आयोजना गर्ने निर्णय गरेको थियो ।

माल्दिभ्स र भुटानले पनि आयोजनाको दाबी गरेपनि पछि दाबी फिर्ता लिएका थिए । बंगलादेशमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो तेस्रो पटक हो । यसअघि २००३ र २००९ मा बंगलादेशले आयोजना गरेको थियो । यो पटक साफ च्याम्पियनसिपमा ६ राष्ट्रको मात्र सहभागिता रहने सम्भावना पनि छ ।

फिफाले पाकिस्तान फुटबल संघ माथि लगाएको प्रतिबन्ध हटेन भने ६ टोलीले मात्र साफ च्याम्पियनसिपमा चुनौति पेश गर्नेछन् । च्याम्पियनसिपको ड्र मार्च २ मा ढाकामा हुने साफले जनाएको छ । नेपाल अहिले सम्म च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.