7 years ago
December 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सेन्ट जेभियर्स स्कुल गोदावरीको आयोजनामा जारी २२ औं फादर मोरान मेमोरियल आमन्त्रण फुटबल प्रतियोगितामा आज ललितपुर धापाखेलको जेम्स स्कुल, चोभारको मोर्डन इन्डियन स्कुल र धुलिखेलको काठमाडौं विश्व विद्यालय हाइस्कुल विजयी भएका छन् ।
जेम्सले विशंखु नारायणलाई ६–१ ले हरायो । जेम्सका लागि डोरमणी गिरी एक्लैले ४ गोल गरे भने अलिश वैद्य र प्रंशु जोशीले समान १ गोल गरे । विशंखुका लागि निशान तामाङले गोल गरे । जेम्सका अलिश म्यान अफ दी म्याच चुनिए ।
दोस्रो खेलमा मोर्डन इन्डियनले गोदावरीको पुष्पाञ्जली माविलाई २–० ले हरायो । मोर्डन इन्डियनका लागि दुवै गोल विनायक भण्डारीले गरे । विजयी टोलीका वेदराज ढुंगाना खेलको म्यान अफ दी म्याच घोषित भए ।
अर्को खेलमा काठमाडौं विश्वविद्यालयले बुद्धनगरको रोजबड स्कुललाई २–० ले पराजित गर्यो । विजेता टोलीका लागि प्रजुल जंगम र सुगम केसीले गोल गरे । काठमाडौं विश्वविद्यालयका सुसिम बञ्जु खेलको म्यान दी म्याच घोषित चुनिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]