default_image

7 years ago

December 12, 2017

रोबेन र रिबेरिसँग बायर्न गम्भिर छलफलमा

67 views

0 Bookmark

म्युनिख (एजेन्सी)– आयर्न रोबेन र फ्रान्क रिबेरीसँग उनीहरुको भविष्यले लिएर गम्भिर छलफल अघि बढाइएको बायर्न म्युनिखका अध्यक्ष कार्ल हेनिज रुमेनिगले बताएका छन् ।

रोबेन र रिबेरी दुवैको यो सिजनको अन्त्यसँगै क्लबसँगको सम्झौता टुंगिनेछ । रोबेनले चाँडै सन्यासको घोषणा गर्ने संकेत गरेका छन् भने रिबेरीले अझै ३/४ वर्ष खेलेर बायर्नबाटै सन्यास लिने योजना बनाएका छन् । अध्यक्ष रुमेनिगले दुवै खेलाडी क्लबका लागि महत्वपूर्ण रहेको र क्लबले भविष्यमा पनि उनीहरुलाई साथ राख्न चाहेको बताएका छन् ।

‘रोबेन र रिबेरी दुवैको ठूलो इतिहास छ । हामीलाई थाहा छ उनीहरुसँग हाम्रो कस्तो अनुभव छ । दुवै हाम्रो लागि महत्वपूर्ण छन्,’ उनले भने, ‘तर उनीहरुका कति निरन्तरता चाहन्छन्, त्यो महत्वपूर्ण हुन्छ । तत्काल यो विषयमा निर्णय लिन कठिन छ । यद्दपी हामी गम्भिर छलफलमा छौं । अहिले भन्नु हतार हुनेछ ।’

रिबेरी र रोबेनको क्लबसँगको यात्रा झन्डै दशक पुरा गरेको छ । रिबेरी सन् २००७ देखि र रोबन २००९ देखि क्लबमा रहेका छन् । फ्रान्सेली रिबेरीले क्लबका लागि ३ सय ६५ खेल खेलिसकेका छन् । त्यस क्रममा उनले १ सय १२ गोल गरेका छन् । उनले क्लबबाट ७ बुन्डेस लिगा उपाधि, ५ डिएफबी र २०१२ मा युइएफए च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

रियल म्याड्रिडबाट बायर्न पुगेयता २ सय ७३ खेल खेलेका रोबेनले १ सय ३४ गोल गरिसकेका छन् । क्लबले ६ बुन्डेसलिगा, ४ डिएफबी र च्याम्पियन्स लिग जित्दा टोलीको महत्वपूर्ण सदस्य रहेका थिए ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.