7 years ago
December 12, 2017
कोलकाता (एजेन्सी) – विश्व फुटबलका महान् खेलाडि डिएगो म्याराडोनाले भारतको कोलकातामा आफ्नो मूर्ति उद्घाटन गरेका छन् । सो मूर्तिमा म्याराडोनाले विश्वकपको ट्रफी उचालिरहेका छन् ।
फुटबलप्रेमीहरुका लागि चिनिने कोलकाता सहरमा एक कार्यक्रमबीच हिजो म्याराडोनाले आफैंले आफ्नो मूर्ति उद्घाटन गरेका थिए । तर म्याराडोनाको अनुहारसँग मूर्ति मेल नखाएको भन्दै सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा प्रशंसकहरुले आलोचना पनि गरेका छन् ।
कार्यक्रमबीच बोल्दै म्याराडोनाले भने, “म फुटबलको भग्वान् त होइन तर एक सामान्य फुटबलर हुँ । कोलकातामा फेरि आउँदा र आफ्नो मूर्ति पनि उद्घाटन गर्द पाउँदा म निकै खुसी छु ।”
५७ वर्षीय म्याराडोना आफ्नी प्रेमिका रोकियो ओलिभियासँग भारत भ्रमणमा छन् । उनले एघार क्यान्सर बिरामीलाई दश हजार भारु सहयोग पनि गरे । त्यस्तै कार्यक्रमअघि उनले नयाँ एम्बुलेन्सको उद्घाटन पनि गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]