default_image

7 years ago

December 12, 2017

माल्दिभ्समा किरणको दोहोरो मनोनयन, उत्कृष्ट गोलकिपरमा सुचिमा पनि समेटिए

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्ड उत्कृष्ट गोलकिपरको मनोनयनमा परेका छन् । दोहोरो मनोनयनमा परेका किरण उत्कृष्ट विदेशी खेलाडीको मनोनयनमा परेका छन् । दुवैको मनोनयनमा ५ विदेशी खेलाडी रहेका छन् ।


गोलकिपर किरण चेम्जोङ । फाइल तस्बिर

आज सार्वजनिक गरिएको मनोनयनमा किरणसँगै उत्कृष्ट गोलकिपरको मनोनयनमा क्लब ग्रिन स्ट्रिर्सका जुन कोची, माजियाका मोहम्मद अल योसफ तथा न्यू रेडियन्टका मोहम्मद फैसल र इमरान मोहम्मद छन् । उत्कृष्ट विदेशी खेलाडीको हिजो सार्वजनिक गरिएको मनोनयनमा किरणसँगै स्टेवार्ट कोर्निलोस, न्यू रेडियन्ट स्पोर्टस् क्लबका गालार्डो भाल्डेस एड्रियन र रियुज पाज एन्जल लुइस र क्लब ग्रिन स्ट्रिर्सका सोबोल इला छन् ।

माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघको संयुक्त रुपमा आयोजना हुने अवार्ड डिसेम्बर १६ मा प्रदान गरिने बताइएको छ । दोहोरो अवार्डको मनोनयमा पर्नुलाई खेल जीवनको महत्वपूर्ण उपलब्धी भएको जनाउँदै किरणले हाम्रो खेलकुद डटकमसँग भने, ‘पहिलो वर्षमै उच्च प्रदर्शन गरे । अहिले दोहोरो अवार्डमा मनोयनमा परे , गर्व महसुस भइरहेको छ ।’

यो वर्ष स्वदेशमा दुई अवार्ड जितेका किरणले अझै राम्रो गर्न चुनौति पनि थपिएको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७३ मा उत्कृष्ट पुरुष खेलाडीका विजेता समेत रहेका किरणले युवा तथा खेलकुद मन्त्रालयको युवा प्रतिभा पुरस्कार पनि जितेका थिए ।

‘अवार्ड जितिन्छ नै भन्ने छैन । मनोनयले पनि मनोबल बढाउने काम गर्दैछ,’ आज राति प्रेसिडेन्ड्स कपमा माजियाको सामना गर्ने क्रममा रहेको किरणले भने, ‘जति सफलता प्राप्त गरिन्छ, नयाँ वर्षका लागि चुनौति पनि थपिदै जान्छ ।’

गत वर्ष पुसमा टिसी स्पोर्टस क्लब आबद्ध भएका किरणले केही महिनामै बंगलादेशमा आयोजना भएको शेख कमाल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । माल्दिभ्सको धिहेवी प्रिमियर लिग (डिपिएल) टिसी स्पोर्टसलाई दोस्रो बनाउने क्रममा उच्च प्रदर्शन गरेका थिए । टिसी स्पोर्टस् एएफसी कपका लागि पनि छनोट भएको छ ।

 

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.