7 years ago
December 12, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका इभान राकिटिक क्रिस्टियानो रोनाल्डोलाई भन्दा टोलीका सहकर्मी लियोना मेस्सीलाई इतिहासकै उत्कृष्ट खेलाडी मान्दछन् । रोनाल्डोले गत साता बालोन डी’ ओर उपाधि पाँचौं पटक जित्दै मेस्सीको कीर्तिमानीसँग बराबरी गरेपछि राकिटिकको यस्तो भनाई आएको हो ।
सन् २००८ यता मेस्सी र रोनाल्डोले मात्र बालोन डी’ ओर जित्दै आएका छन् । तर, राकिटिक एकै समयमा रहेका कारण मेस्सीको छायाँमा रोनाल्डोलाई अभागी खेलाडीका रुपमा लिन्छन् । ‘रोनाल्डो प्रति मेरो ठूलो सम्मान छ ‘, राकिटिकले भने, ‘तर ,उनी इतिहासको उत्कृष्ट खेलाडी लियोनल मेस्सीसँगै खेल्दैछन् । मेस्सीपछि मात्र उनको नाम आउछ, त्यसैले उनी केही अभागी छन् ।’
मेस्सीले टोलीका लागि दोस्रो गोल गरेपछि आइतबार १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेको भिल्लारियललाई बार्सिलोनाले २–० ले हराएको थियो । त्यो जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले ५ अंकको स्पष्ट अग्रता बनाएको थियो । अर्जेन्टिना फुटबल टोलीका कप्तान समेत रहेका मेस्सीले यो सिजन १५ लिग खेलमा १४ गोल गरिसकेका छन् ।
अर्को तिर रोनाल्डो भने गोलका लागि संघर्ष गरिरहेका छन् । उनले यो सिजन ११ खेलमा ४ गोल मात्र गरेका छन् । सेभिल्लालाई शनिबार रियल म्याड्रिडले ५–० ले हराउँदा रोनाल्डोले २ गोल गरेका थिए । रोनाल्डोले पहिलो बालोन डी’ ओर २००८ मा म्यानचेस्टर युनाइटेडमा हुँदा जितेका थिए ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]