7 years ago
December 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सेन्ट जेभियर्स स्कुल गोदावरीको आयोजनामा आज सुरु भएको २२ औं फादर मोरान मेमोरियल आमन्त्रण फुटबल प्रतियोगितामा ललितपुरको लिटिल एन्जल्स, आयोजकको ए टोली र नेपाल डन बस्को स्कुल विजयी भएका छन् ।
पहिलो खेलमा लिटिल एन्जल्सले सेन्ट जेभियर्स जावलाखेल एलाई ४–३ ले हराएको छ । विजयी टोलीका लागि भारगव सिलवालले २ तथा सम्राट तन्डुकार र सक्षम विक्रम साउदले समान १ गोल गरे । सेन्ट जेभियर्सका लागि आभार सम्राट हाडाले २ र आशुतोष यादवले १ गोल गरे । लिटिल एन्जल्सका भारगव खेलको म्यान अफ दी म्याच चुनिए ।
आयोजक सेन्ट जेभियर्स गोदावरीको ए टिमले ललिपतपुर बाडेगाँउको ज्वालादेवी विद्यामन्दिर ४–१ ले हरायो । आयोजका लागि सबल महर्जनले २, प्रनव सिलवाल र सानसङ बुढाले समान १ गोल गरे । ज्वालादेवीका सोनम पहरीले एक गोल फर्काए । आयोजकका सबल खेलेको म्यान अफ दी म्याच घोषित भए ।
ललितपुर लुभूको नेपाल डन बोस्कोले सेन्ट जेभियर्स जावलाखेलको बी टोलीलाई ३–० ले हरायो । जसमा निश्चल केसीले २ र अमोग अवालेले १ गोल गरे । नेपाल जेसुइत संस्थाका बोनिफेस टिगा र आयोजक स्कुलका प्रिन्सिपल सामुइल मिमिकले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । कम टुगेदर प्ले टुगेदर भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]