7 years ago
December 11, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा गए राति म्यानचेस्टर सिटीले प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई २-१ ले हरायो । तर सो जितमा टोलीका कप्तान भिन्सेन्ट कम्पनी फेरि घाइते हुने पुगे ।
चोटबाट फर्किएका कम्पनीलाई हिजोको खेलमा हाफ टाइममा परिवर्तन गरिएको थियो । दुई वर्ष देखि विभिन्न चोटहरुसँग जुधिरहेका कम्पनी फेरि लामो समयका लागि घाइते भएको अनुमान गरिएको छ ।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कम्पनी घाइते भएको बताए । ‘उनी घाइते भएका छन् । केहि समयदेखि यस्तै भइरहेको छ । चोटको बारेमा मलाई अझै जानकारी त आएको छैन । तर लाग्छ धेरै समयका लागि हामीले उनको भर पर्न मिल्दैन ।’
कम्पनी साथै पेपका लागि अन्य डिफेन्डर जोन स्टोन्स र बेन्जामिन मेन्डि पनि घाइते छन् । हिजोको खेलमा मिडफिल्डर फर्नान्डिनोले डिफेन्समा कम्पनीको स्थान लिएका थिए ।
हिजोको नतिजासँगै म्यानचेस्टर सिटी प्रिमियर लिगको अंकतालिकको शीर्ष स्थानमा ११ अंकले अगाडि रहेको छ । १६ खेलमा सिटीको ४६ अंक छ भने दोस्रोमा रहेको युनाइटेडको ३५ अंक रहेको छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]