7 years ago
December 11, 2017
म्यानचेस्टर (एजेन्सी)– प्रिमियर लिगमा गए राति म्यानचेस्टर सिटीले सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएपछि ड्रेसिङ्ग रुममा दुई पक्षबीच झगडा भएको छ । श्रोतका अनुसार युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हो र सिटीका गोल किपर एडर्सनबीच भनाभन भएपछि माउरिन्होमाथि दुध र पानी फालिएको थियो ।
जितपछि सिटीका खेलाडीहरुले ड्रेसिङ्ग रुममा ठूलो आवाजमा संगित बजाउँदै खुसी मनाएका थिए । माउरिन्होले आफ्ना खेलाडीलाई केहि आदर दिनु भन्दै असहमति जनाउँने ढंगमा सिटीको ड्रेसिङ्ग रुम पुगेपछि प्रशिक्षक र गोलकिपरबीच भनाभान सुरु भएको थियो । त्यसै भनाभनमा खेलाडीहरु पनि जोडिएपछि झगडा चर्किएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार खेलाडीले एक अर्कामाथि हात हाल्ने सम्मको प्रयास गरेका थिए । श्रोतका अनुसार आर्सनलका पूर्व मिडफिल्डर मिकेल आर्टेटाले आंखीभौंमा चोट लागेको छ । आर्टेटा हाल सिटीका सहायक प्रशिक्षक हुन् । यो जितसंगै शीर्षस्थानमा रहेको सिटीले दोस्रो युनाइटेडलाई ११ अंकले पछि पारेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]