7 years ago
December 11, 2017
म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराएको छ । सिटीका लागि डिफेन्डर निकोलस ओटामेन्डिले निर्णायक गोल गरेका थिए ।
खेलको ४३ औं मिनेटमा डेभिड सिल्भाको गोलमार्फत सिटी खेलमा अग्रता लिन सफल भएको थियो । तर त्यसको ५ मिनेटमै युनाइटेडले एक गोल फर्काउँदै खेल बराबरी बनाएको थियो ।
त्यस्तै ५४ औं मिनेटमा ओटामेन्डिको प्रहारमार्फत सिटी पुन: अग्रता लिन सफल भएको हो । पहिलो हाफ रक्षात्मक खेले पनि गोल खाएपछि युनाइटेड पनि आक्रमक रुपमा प्रस्तुत भयो तर थप गोल भने गर्न सकेन ।
यस नजितासँगै सिटी अंकतालिकाको शीर्ष स्थानमा ११ अंकले अगाडि रहेको छ । १६ खेलमा सिटीको ४६ अंक रहेको छ भने उत्तिकै खेल खेलेको दोस्रोमा रहेको युनाइटेडको ३५ अंक रहेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]