7 years ago
December 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन चैतमा हुने भएको छ । एन्फा केन्द्रिय समितिको आज बसेको बैठकले निर्वाचन दुई तहमा गर्ने र केन्द्रिय निर्वाचन चैत १४ गते गर्ने निर्णय गरेको हो ।
पहिलो चरण अन्तर्गत ४५ जिल्लामा पुस ५ गतेदेखि महिना दिन भित्र गरिसक्ने निर्णय लिएको छ । यसअघि तय निर्वाचन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको कारण एन्फाले सार्ने प्रस्ताव विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) सँग गरेको थियो ।
फिफा र एएफसीले समयानुकुल गर्न अनुमोदन गरेपछि नयाँ मितिमा निर्वाचन निर्णय लिएको एन्फाले विज्ञप्तीमार्फत जानकारी गराएको छ । यसअघि कात्तिक २५ देखि मंसिर २५ गते सम्म जिल्ला संघ र माघ ११ गते केन्द्रिय कार्यसमितिको निर्वाचन गर्ने तय भएको थियो ।
जिल्ला फुटबल संघको निर्वाचनका लागि निर्वाचन निर्देशिका पनि सोही बैठकले गरेको एन्फाले जनाएको छ । एन्फाका विभिन्न सदस्य समिति फुटबल खेलाडी संघ, फुटबल प्रशिक्षक संघ, फुटबल निर्णायक संघ र महिला संघहरुको निर्वाचन निर्देशिका पनि चाँडै तयार गर्ने निर्णय एन्फाले लिएको छ ।
एन्फा बैठकले अनुमोदन गरेको फिफा फरवार्ड कार्यक्रम अन्तर्गत सञ्चालन गर्ने कार्यक्रम यस्ता छन् ।
१- लिग संचानल (ए,बी र सी डिभिजनका लिग संचालन तथा आयोजना गर्ने)
२- ३ वटा टेक्नीकल सेन्टरहरुको स्तरोन्वोति तथा साधारण मर्मत सम्भार तथा संचालन गर्ने
३- संघ अन्तर्गत रहेका ४५ जिल्लाहरुमा ग्रासरुट कार्यक्रम संचालन गर्ने
४- संघ अन्तर्गत रहेका ४५ जिल्लाहरुमा ग्रासरुट कार्यक्रम संचालन गर्न खेल सामग्रीहरु सहयोग गर्ने
५- एन्फामा सुबिधा सम्पन्न आधुनिक फिजियोथेरापिको समान जडान तथा सुबिधा सम्पन्न एम्बुलेन्स खरिद गर्ने
६- एन्फा कम्प्लेक्स, कार्यालय भवन, सुबिधा सम्पन्न अडोटरीयम हल निर्माण, एन्फा होष्टल तथा ३ वटा एन्फा टेक्निकल सेन्टरमा मर्मत सम्भार तथा रंगरोगन गर्ने
एन्फाको अर्को निर्णय
मध्य तथा सुदुर पश्चिमाञ्चलमा को फुटबल खेलको बिकास गर्न मध्ये तथा सुदुर पश्चिमाञ्चल क्षेत्रको ७ बिभिन्न जिल्लाहरुमा बिशेष ग्रहयता प्रदान गरी ग्रासरुट तथा बिशेष प्याकेजको सम्भाव्यताको अध्ययन गरी कार्यक्रम संचालन गर्ने ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]