7 years ago
December 10, 2017
साउथह्याम्टन (एजेन्सी)– खेलको अन्तिम तिर ओलिभर गिर्राडको गोलमा आर्सलनले प्रिमियर लिगमा आज साउथह्याम्टनसँग १–१ को बराबरी खेलेको छ । चार्लिन अस्टिनले तेस्रो मिनेटमा साउथह्याम्टनले घरले मैदानमा अग्रता लिएको थियो ।
तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा गिर्राडले गोल गर्दै आर्सनललाई हारबाट जोगाएका थिए । ७२ मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका गिर्राडले एलेक्सस सान्चेजको क्रसलाई उपयोग गर्दै गोल गरे । टोटेनह्यामलाई पछि पार्दै आर्सनल (२९ अंक) पाँचौं स्थानमा उक्लेको छ । त्यस्तै साउथह्याम्टन (१८) दसौं स्थानमा रहेको छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]