7 years ago
December 10, 2017
भिल्लारियल (एजेन्सी) – स्पेनिश ला लिगामा आज अग्रस्थानमा रहेको बार्सिलोना छैठौंमा रहेको भिलारियलको सामना गर्दै छ । भिल्लारियलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ ।
बार्सिलोनाका लागि जाभियर मासेरानो र आन्द्रेस इनिएस्टा घाइते रहेका छन् । त्यसैले उनीहरुको स्थानमा थोमस भर्मेलिन र सर्जी रोबर्टो खेल्ने सम्भावना रहेको छ । त्यस्तै मिडफिल्डमा पाको अल्कासेर र आन्द्रे गोमेजमध्ये एकजनाले स्थान पाउने देखिन्छ ।
घरेलु टोलीका लागि भने भिक्टर रुइज र जौमे कोस्टा टोलीमा फर्किँदै छन् । १४ खेलमा भिल्लारियलको २१ अंक रहेको छ र आफ्ना पछिल्ला दुई लिग खेल हारेको पनि छ ।
अर्को तर्फ बार्सिलोना यस सिजन लिगमा अपराजित छ । आज जित हांसिल गर्दै बार्सिलोना पुन: अग्रस्थानमा ५ अंकले अगाडि जान सक्ने छ । भिल्लारियलसँग बार्सिलोनाले पछिल्लो १८ खेलमा हार बेहोरेको छैन ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]