default_image

7 years ago

December 10, 2017

रियलको सहज जितमा रोनाल्डोको दुइ गोल

92 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले सेभिल्लामाथि ५-० को सहज जित दर्ता गरेको छ । क्रिस्टियानो रोनाल्डोले दुइ गोल गरे भने, नाचो फरन्याण्डेज , टोनी क्रुस र आचरफ हाचिमीले पनि गोल गरे । रियलको पाँचै गोल पहिलो हाफमा भयो ।

Nacho

घरेलु मैदानमा रियल तेस्रो मिनेटमा अग्रता लिन सफल भयो । कर्नरमा सेभिल्लाका स्ट्राइकर लुइस मुरियालले सहजै क्लियर गर्नुपर्ने बल नाचोले पाएपछि उनले रियललाई अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा रियलले अग्रता दोब्बर गरे । असेन्सियोको पासमा रोनाल्डोले गोल गर्दै ला लिगामा सिजनको तेस्रो गोल गरे । त्यस्तै ३१ औं मिनेटमा पेनाल्टी मार्फत रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । जिसस नाभासले आफ्नै बक्समा मर्सेलोलाई मार्क गर्ने क्रममा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले सदुपयोग गरे । रोनाल्डोको पेनाल्टी किपरलाई ठोकिदै गोलमा परिणत भयो ।

खेलको ३८ औं मिनेटमा टोनी क्रुसले तथा ४१ औं मिनेटमा १९ वर्षिय हाचिमीले रियललाई थप गोल दिलाए । दोस्रो हाफमा कुनै गोल हुन सकेन ।

अन्य खेलहरुमा डिपार्टिभो ला कोरुनाले अलाभेसलाई १-० ले तथा भ्यालेन्सियाले सेल्टा भिगोलाई २-१ ले हरायो भने ऐबार र गेटाफेले गोलरहित बराबरी खेले । जितसंगै रियल तेस्रो स्थानमा उक्लेको छ भने भ्यालेन्सिया दोस्रोमा कायम छ ।चौथो स्थानको एथ्लेटिको म्याड्रिड र रियलसँग ५ अंकको अग्रता लिँदै शिर्षस्थानमा रहेको बार्सिलोनाले १ खेल खेल्न बाँकी छ ।

हाइलाइट्स

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

January 13, 2025

नेपालले किर्गिजस्तानसँग खेल्दै फोर नेसन्सको सुरुवात गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]

January 13, 2025

युनाइटेड एफए कपको चौथो चरणमा

एजेन्सी- साविक विजेता म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ। जोसुआ जिरकेजीले पेनाल्टीमा निर्णायक गोल गरेपछि आइतवार युनाइटेडले आर्सनललाई टाइब्रेकरमा ५-३ ले हराएको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । ब्रुनो फर्नान्डेजले ५२ औं मिनेटमा युनाइटेडका गोल गरेका थिए । ग्याब्रिएल मागल्हेसले ६३औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका […]

Success

Thank you for your time.