7 years ago
December 9, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले चेल्सीलाई १-० ले हराएको छ । घरेलु टोलीको जितमा निर्णायक गोल मार्को अर्नाउटोभिचले गरे ।
वेस्ट ह्यामले खेलको छैठौं मिनेटमै अर्नाउटोभिचको सुन्दर गोलको मद्दतले अग्रता लिएको थियो । त्यसपछि भने बलियो चेल्सीसँग राम्रो रक्षात्मक खेलको प्रदर्शन गर्दै वेस्ट ह्याम पूरा ३ अंक लिन सफल भएको हो ।
दोस्रो हाफमा चेल्सीले थुप्रै अवसरहरु पाए पनि तिनको सदुपयोग भने गर्न सकेन । एडेन हाजार्ड र एल्भारो मोराटाले पाएका दुई राम्रा अवसर चेल्सीले खेर फालेको थियो ।
यस नतिजासँगै चेल्सीको उपाघि रक्षा गर्ने अभियानमा ठूलो धक्का लागेको छ । चेल्सी १ खेल कम खेलेको म्यानचेस्टर सिटीभन्दा ११ अंकले पछाडि रहेको छ । त्यस्तै जितसँगै वेस्ट ह्याम भने तालिकाको १८ औं स्थानमा उक्लेको छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]