default_image

7 years ago

December 9, 2017

‘नेयमारलाई पिएसजी जान सल्लाह दिए’

81 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व खेलाडी नेनेले नेयमारलाई बार्सिलोना छोड्न सल्लाह दिने मध्ये आफु पनि एक रहेको बताएका छन् । पिएसजीले २ सय मिलियन युरो सुरुवा शर्त रकम तिरेर नेयमारलाई बार्सिलोनाबाट भित्राएको थियो ।

नेयमार विश्वको उत्कृष्ट खेलाडी बन्न चाहन्थे । तर, त्यसका लागि बार्सिलोनामा लियोनय मेस्सीको छायाँमा बसेर सम्भव नदेखेपनि उनीले पिएसजी रोजेको धेरैको बुझाई छ । नेयमारको अग्रपक्तिको मोर्चा सम्हालेको अवस्थामा पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग जित्ने इतिहास निर्माण गर्न सक्ने सम्भावना रहेको नेनेको विश्वास छ । जसले नेयमारलाई पनि पिएसजी जान प्रेरित गरेको अनुमान गरिन्छ ।

‘हाम्रो बीचमा फोनमा कुराकानी भएको थियो ’ उनले भने, ‘मैले उनलाई भनेको थिए, तिमिले बार्सिलोनामा राम्रै गरिरहेका छौं । तर, तिमिले त्यहाँ सबै उपलब्ध हासिल गर्न सकेका छैनौं । यदि तिमि पिएसजी गयौं भने सोच टोली त्यहि स्तरको प्रदर्शन गर्न सक्छौं ।’

नेयमार पछिल्लो छ महिनादेखि पिएसजीमा उच्च प्रदर्शन गरिरहेका छन् । तर उनी अर्को सिजन रियल म्याड्रिड जान सक्ने सम्भावना रहेको पनि बताइएको छ । तर, नेनेलाई लाग्छ च्याम्पियन्स लिग जित्ने चुनौति स्वीकार गर्नका लागि पनि नेयमार पिएसजीमै रहनुपर्ने मान्दछन् । पाँच पटक बालोन डी ओर विजेता क्रिस्टियानो रोनाल्डोको छायाँमा रहन नेयमार रियल जान तयार नहुने उनको विश्वास छ ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.