default_image

7 years ago

December 9, 2017

लिग १ मा पिएसजी लिलको सामना गर्दै

108 views

0 Bookmark

पेरिस (एजेन्सी) – फ्रान्सेलि लिग १ मा आज अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) लिलको सामना गर्दै छ । पिएसजीको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको ९.४५ बजे सुरु हुने छ ।

पिएसजीका लागि नेयमार उपलब्ध हुने छैनन् । यस सिजन पाँच पहेंलो कार्ड पाइसकेकाले आज उनी खेल्न प्रतिबन्धित छन् । उनको स्थान जुलियन ड्राक्सलर वा एन्जल डि मारियाले लिने देखिन्छ । त्यस्तै कप्तान थियागो सिल्भा पनि चोटिल छन् ।

भ्रमणकारी टोली लिलका लागि फोडे बालो-टुरे प्रतिबन्धित छन् । लिलको १६ खेलमा १८ अंक छ । हाल अंकतालिकामा लिल १७ औं स्थानमा छ । पिएसजीले भने आफ्ना पछिल्ला दुई खेलमा हार बेहोरेको थियो ।

त्यसैले पिएसजी तुलनात्मक रुपमा कमजोर रहेको लिलमाथि जित हांसिल गर्दै आफ्नो जितको यात्रामा फर्किने तरखरमा हुने छ । पिएसजी ४१ अंकसहित दोस्रोमा रहेको मोनाकोभन्दा ९ अंकले अगाडि रहेको छ ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.