7 years ago
December 9, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आज साविक विजेता चेल्सी वेस्ट ह्याम युनाइटेडको सामना गर्दै छ । वेस्ट ह्यामको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ६.१५ बजे सुरु हुने छ ।
चेल्सीका लागि डिफेन्डर डेभिड लुइज टोलीमा सामेल छैनन् भने ड्यानि ड्रिन्कवाटर पनि पूर्ण फिट छैनन् । त्यस्तै मध्यसाता च्याम्पियन्स लिगमा विश्राम पाएका मार्कोस अलोन्सो भने टोलीमा फर्कँदै छन् ।
घरेलु टोलीका लागि गोलकिपर एड्रियनले जो हार्टको स्थान लिने देखिन्छ भने चिचारिटो र मार्क नोबलले पनि टोलीमा आगमन गर्न सक्ने छन् । १५ खेलमा केवल १० अंकसहित वेस्ट ह्याम १९ औं स्थानमा छ । लयमा देखिएको चेल्सी भने ३२ अंकसहित तेस्रोमा रहेको छ ।
यसैगरी खराब लयबाट गुज्रिरहेको टोटनह्याम आज ८.४५ बजे स्टोक सिटीको सामना गर्ने छ । टोटनह्यामका लागि डिफेन्डर डेभिड्सन सान्चेज प्रतिबन्धित छन् भने स्टोकका गोलकिपर ज्याक बट्ल्यान्ड चोटबाट फर्किँदै छन् ।
प्रिमियर लिगमा आज खेलिने अन्य खेलहरुको तालिका:
स्वान्सि विरुद्ध वेस्ट ह्याम – ८.४५ बजे
बर्नली विरुद्ध वाटफोर्ड – ८.४५ बजे
हडर्सफिल्ड विरुद्ध ब्राइटन – ८.४५ बजे
क्रिस्टल प्यालेस विरुद्ध बोर्नमथ – ८.४५ बजे
न्युकासल विरुद्ध लेस्टर सिटी – ११.१५ बजे
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]