7 years ago
December 9, 2017
लिमा (एजेन्सी) – पेरु फुटबल टोलीका कप्तान पौलो गुरेरोमाथि फिफाले १ वर्ष प्रतिबन्ध लगाएको छ । विश्व कप छनोट चरण अन्तर्गत अर्जेन्टिनासँगको बराबरीमा डोपिङ्गमा परेका गुरेरोलाई फिफाले प्रारम्भिक रुपमा प्रतिबन्ध लगाएको थियो ।
थप अनुसन्धान पछि कोकेन प्रयोग गरेको पाइएपछि ३३ वर्षीय स्ट्राइकरलाई फुटबलको सर्वोच्च निकाय फिफाले १२ महिना प्रतिबन्ध लगाएको हो । उनले अर्को वर्ष रुसमा हुने विश्व कप गुमाउने भएका छन् । पेरु सन् १९८२ पछि पहिलो पटक विश्व कपमा छनोट भएको हो ।
हाल ब्राजिलको फ्लामेन्गोसँग आबद्ध गुरेरो पेरुको सर्वाधिक गोलकर्ता हुन् । बायर्न म्युनिखका पूर्व खेलाडी गुरेरोले पेरुका लागि ८३ खेलमा ३२ गोल गरेका छन् ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]