7 years ago
December 8, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले ला लिगामा शनिबार सेभिल्लासँग खेल्नुअघि शुक्रबार अभ्यास गरेको छ । जिनेदिन जिदानको टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ । गत साता एथलेटिको बिलबावोसँग बराबरीखेलेपछि रियल वथप दबाबमा परेको थियो ।
शनिबारको खेल जित्न सके रियलले अस्थायी रुपमा भएपनि शीर्षस्थानको बार्सिलोनासँगको अंक अन्तरलाई घटाउने छ । १४ खेलको समाप्तीमा रियल बार्सिलोनाभन्दा ८ अंकले पछाडि छ । रियलको यो सिजन सुरुआतबाट कमजोर रहँदै आएको छ ।
पाँच वर्षयता पहिलो पटक ला लिगा उपाधि रक्षा गर्ने रियलको अभियान धरमराएको छ । बार्सिलोनाले भने शनिबार भिल्लारियलको सामना गर्दैछ । अघिल्लो दिन पाँचौं पटक बालोन डी ओर जितेका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले पनि शुक्रबार अभ्यास सत्रमा भाग लिएका थिए ।
टोलीलाई ला लिगा उपाधि दिलाउन र युरोपियन च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेकै कारण रोनाल्डोलाई बालोन डी ओरको हकदार बनायो । योसँगै लियोनल मेस्सीको पाँच पटक बालोन डि ओर जित्ने कीर्तिमानलाई रोनाल्डो बराबरी गरेका छन् । अवार्ड जितेपछि रोनाल्डोले भनेका थिए,‘अझै केही वर्ष मैले उच्च स्तरमा खेल्ने अपेक्षा राखेको छु ।’
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]