7 years ago
December 8, 2017
पेरिस (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार पोर्चुगिज क्रिस्टियानो रोनाल्डो खेल जीवनमा अझै दुई वटा बालोन डी ओर जित्ने चाहना रहेको बताएका छन् । हिजो पाँचौं पटक बालोन डि ओर जित्दै लियोन मेस्सीको कीर्तिमानसँग बराबरी गरेपछि रोनाल्डोले यस्तो विचार राखेका थिए ।
‘म सात वटा बालोन डी ओर उपाधि जित्न चाहन्छु ’ उनले भने, ‘म सात वटा बच्चा र सात वटा बालोन डी ओर चाहन्छु ।’ अहिले उनका ४ बालबाच्चा छन् । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार रोनाल्डोले फ्रान्स फुटबलको द वेस्ट अवार्ड दुईपटक जितिसकेका छन् । यस पटकको बालोन डी ओरमा मेस्सी दोस्रो र पेरिस सेन्ट जर्मेन (पिएसजीं) का नेयमार तेस्रो भएका थिए ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]