default_image

7 years ago

December 8, 2017

रोनाल्डोलाई बलोन डि ओर उपाधि

100 views

0 Bookmark

पेरिस (एजेन्सी) – गए राति पोर्चुगल तथा रियल म्याड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोले बलोन डि ओर उपाधि जितेका हुन् । उनको यो पाँचौं उपाधि हो र योसँगै उनले मेस्सीको बलोन डो ओर उपाधिको पनि बराबरी गरेका छन् ।

रोनाल्डोले ९४६ अंक प्राप्त गरेका थिए भने दोस्रो भएका मेस्सीले ६७० अंक प्राप्त गरे। त्यस्तै हाल पेरिस सेन्ट जर्मनमा रहेका नेयमार ३६१ अंकसहित तेस्रो भए ।

शीर्ष दशमा क्रमश : जियानलुइजी बुफोन, लुका मोड्रिच, सर्जियो रामोस, किलियन बाप्पे, एन्गोलो कान्टे, रोबर्ट लेवान्डोस्की र ह्यारी केन छन् ।
रोनाल्डोले गत सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताउन रियल म्याड्रिडलाई मद्दत गरेका थिए भने पोर्चुगललाई युरोकप पनि जिताए । उनले यसअघि फिफा ‘द बेस्ट प्लेयर’ को उपाधि पनि जितेका हुन् ।

अवार्ड जितेपछि उनले भने,” म धेरै खुसी छु र यो मेरा लागि निकै मत्त्वपूर्ण क्षण हो । मेस्सीसँगको मेरो प्रतिस्पर्धा चलिरहोस् भने कामना गर्छु किनभने यो राम्रो कारणको लागि नै भइरहेको छ ।”

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.