7 years ago
December 8, 2017
पेरिस (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर अवार्ड हात पारेका छन् । मेस्सी र नेयमारलाई पछि पार्दै रोनाल्डोले उपाधि जितेका हुन् । मेस्सी दोस्रो र नेयमार तेस्रो भए । २००८ , २०१३ , २०१४ , २०१६ र यसपटक गरेर यो रोनाल्डोको पाँचौ उपाधि हो ।
अघिल्लो सिजन रोनाल्डोले म्याड्रिडलाई च्याम्पियन्स लिग र २०१२ यता पहिलो पटक ला लिगाको उपाधि जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पोर्चुगललाई युरो-२०१६ जित्न सघाएका रोनाल्डोले म्याड्रिडका लागि अघिल्लो सिजन सबै खेलहरुमा ४२ गोल गरेका थिए ।
रोनाल्डोले ९४६ अंक प्राप्त गरेका थिए भने दोस्रो भएका मेस्सीले ६७० अंक प्राप्त गरे। त्यस्तै हाल पेरिस सेन्ट जर्मनमा रहेका नेयमार ३६१ अंकसहित तेस्रो भए । शीर्ष दशमा क्रमश : जियानलुइजी बुफोन, लुका मोड्रिच, सर्जियो रामोस, किलियन बाप्पे, एन्गोलो कान्टे, रोबर्ट लेवान्डोस्की र ह्यारी केन छन् ।
‘म हरेक वर्ष यो अपेक्षा गरेको हुन्छु । म रियलका साथिहरुलाई र मलाई यस उपाधि जित्न मद्धत गर्ने सबैलाई धन्यबाद दिन चहान्छु ‘, रोनाल्डोले पेरिसको आइफेल टावरमा उपाधि पाएपछि भने ।
‘मेस्सीसँगको मेरो प्रतिस्पर्धा चलिरहोस् भने कामना गर्छु किनभने यो राम्रो कारणको लागि नै भइरहेको छ ‘, उनले थपे ।
फ्रान्स फुटबलले प्रदान गर्ने यस अवार्डमा ६ वर्ष फिफाको पनि साथ थियो । तर सेप्टेम्बर २०१६ यता फिफाले यस अवार्डबाट आफ्नो सहभागिता फिर्ता लिएको हो । बलोन डिमा ओर संसार भरका १ सय ७३ पत्रकारहरूले भोट गर्छन् ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]