default_image

7 years ago

December 7, 2017

बलोन डि ओर अवार्ड कार्यक्रम आज

171 views

0 Bookmark

पेरिस (एजेन्सी) – विश्व फुटबलको प्रख्यात र सम्मानित अवार्ड बलोन डि ओर आज प्रदान गरिँदै छ । वर्षको उत्कृष्ठ खेलाडिलाई दिइने सो अवार्ड आज राति नेपाली समयअनुसार १२.३० बजे वितरण हुने छ ।

यस वर्षको अवार्ड टोटनह्याम तथा न्युकासलका पूर्व खेलाडि डेभिड जिनोलाले प्रदान गर्ने छन् । यो बलोन डि ओरको ६२ औं संस्करण हो । सन् २००७ यता हरेक पटक यस अवार्ड क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले हात पारेका छन् ।

यस वर्ष पनि रोनाल्डो र मेस्सी मध्ये एक जनाले नै यस अवार्ड जित्ने देखिन्छ । रोनाल्डोले पोर्चुगललाई युरोकप तथा रियललाई ला लिगा र च्याम्पियन्स लिग जित्न मद्दत गरेका थिए । त्यस्तै मेस्सी भने यस वर्ष रोनाल्डोभन्दा गोलकर्ताको सूचीमा धेरै अगाडि रहेका छन् र यस सिजन ला लिगाको गोलकर्ताको सूचीमा पनि अग्रस्थानमा छन् ।

बलोन डि ओरले सार्वजनिक गरेको सर्ट लिस्ट:

नेयमार – पिएसजी
एन्गोलो कान्टे – चेल्सी
लुका मोड्रिच – रियल म्याड्रिड
पाउलो डिबाला – युभेन्टस
मार्सेलो – रियल म्याड्रिड
एडिन जेको – रोमा
ह्यारी केन – टोटनह्याम
डेभिड डे गेया – म्यानचेस्टर युनाइटेड
रोबर्ट लेवान्डोस्की – बायर्न म्युनिख
केभिन डे ब्रुयन – म्यानचेस्टर सिटी
करिम बेन्जेमा – रियल म्याड्रिड
पियर एम्रिक अबामेयाङ – बोरुसिया डर्टमन्ड
एडिन्सन काभानी – पिएसजी
फिलिप कौटिन्हो – लिभरपुल
लुइस स्वारेज – बार्सिलोना
जान ओब्लाक – एट्लेटिको म्याड्रिड
सर्जियो रामोस – रियल म्याड्रिड
ड्रायस मर्टेन्स – नेपोली
राडामेल फाल्काओ – मोनाको
साडियो माने – लिभरपुल
जियानलुइजी बुफोन – युभेन्टस
एन्टोइन ग्रीजम्यान – एट्लेटिको म्याड्रिड
टोनी क्रुस – रियल म्याड्रिड
क्रिस्टियानो रोनाल्डो – रियल म्याड्रिड
एडेन हाजार्ड – चेल्सी
लियोनार्डो बोनुची – एसी मिलान
इस्को – रियल म्याड्रिड
लियोनल मेस्सी – बार्सिलोना
म्याट्स हम्मेल्स – बायर्न म्युनिख
किलियन बाप्पे – पिएसजी

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

January 13, 2025

नेपालले किर्गिजस्तानसँग खेल्दै फोर नेसन्सको सुरुवात गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]

Success

Thank you for your time.