default_image

7 years ago

December 7, 2017

च्याम्पियन्स लिगको अन्तिम १६ मा को-को छन्?

49 views

0 Bookmark

न्योन (एजेन्सी) – गए रातिको च्याम्पियन्स लिगको खेलहरुसँगै नक-आउट चरणमा प्रवेश गर्ने सबै १६ टोलीको टुङ्गो पनि लागेको छ ।बोरुसिया डर्टमन्ड र एट्लेटिको म्याड्रिड जस्ता बलिया टोली समूह चरणबाटै बाहिरिएका छन् भने साविक विजेता रियल म्याड्रिड आफ्नो समूहमा उपविजेता बन्दै नक-आउट चरण प्रवेश गर्‍यो । त्यस्तै नेपोली र मोनाको पनि बाहिरिए ।

अन्तिम १६ मा इङ्ग्लिस टोलीको प्रभाव देखिएको छ । ८ समूहमा चार समूह विजेता इङ्ग्लिस टोली नै रहे भने चेल्सी मात्र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्‍यो । सबै आठ समूह र तिनका विजेता र उपविजेता यस प्रकारका छन् ।

समूह ए

विजेता – म्यानचेस्टर युनाइटेड
उपविजेता – बासेल

समूह बी

विजेता – पेरिस सेन्ट जर्मन
उपविजेता – बायर्न म्युनिख

समूह सी

विजेता – रोमा
उपविजेता – चेल्सी

समूह डि

विजेता – बार्सिलोना
उपविजेता – युभेन्टस

समूह ई

विजेता – लिभरपुल
उपविजेता – सेभिल्ला

समूह एफ

विजेता – म्यानचेस्टर सिटी
उपविजेता – शाख्तार दोनेस्क

समूह जी

विजेता – बेसिक्टास
उपविजेता – पोर्टो

समूह एच

विजेता – टोटनह्याम
उपविजेता – रियल म्याड्रिड

September 28, 2024

पहिरोमा पर्दा एन्फा सिस्नेरी एकेडेमीका बालकहरु बेपत्ता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को मकवानपुर जिल्ला सिस्नेरीस्थित एकेडेमीका केही बालक पहिरोमा पर्दा बेपत्ता भएका छन् । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार शुक्रबार साँझ पहिरोको डर बढेपछि सुरक्षित स्थानमा सर्ने क्रममा केही बालक बेपत्ता भएको जानकारी दिए । लगातार वर्षाले पहिरोको डर बढेपछि सुरक्षित स्थानमा सर्ने क्रममा सो घटना भएको […]

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

Success

Thank you for your time.