7 years ago
December 7, 2017
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा रियलको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अर्को किर्तिमान बनाएका छन् । हाल च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको किर्तिमान आफ्नो नाममा राखेको रोनाल्डोले समूह चरणको सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।
च्याम्पियन्स लिगमा १ सय १४ गोल गरेका पोर्चुगेली स्टार रोनाल्डोको नाममा एकै सिजनमा समूह चरणमा सर्वाधिक गोल गर्ने किर्तिमान पनि छ (२०१३/१४ मा १७ गोल)। तर समूह चरणको सबै ६ खेलमा कुनै खेलाडीले गोल गरेको थिएनन। १९९५ /९६ मा डेल पिएरो र १९९७/९८ मा शेर्ही रेब्रोभले पहिलो ५ खेलमा गोल गरेपनि छैठौ खेलमा गोल गरेका थिएनन ।
बोरुसिया डर्टमाउण्डसँगको ३-२ को जितमा रोनाल्डोले १२ औं मिनेटमा रियलको दोस्रो गोल गर्दै उक्त किर्तिमान आफ्नो नाममा गरेका हुन् । समूह चरणको अन्तिम खेलमा विजयी भएपनि रियल उपविजेताको रुपमा अन्तिम १६ मा भिड्ने छ । एपोएल निकोसालाई २-० ले हराएको टोटेनह्याम समूह विजेता बनेको हो ।
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]