default_image

7 years ago

December 7, 2017

रियलको रोमाञ्चक जित, सिटी पराजित

79 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको समूह एच अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई ३-२ ले हराएको छ । घरेलु टोलीको जितमा लुकास भाज्क्वेजले निर्णायक गोल गरे ।

रियलका लागि बोर्जा मायोरल र क्रिस्टियानो रोमाल्डोले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए । तर पिएर एम्रिक अबामियाङले दुई गोल गर्दै डोर्टमण्डलाई खेलमा फर्काएका थिए । त्यस्तै खेलको ८१ औं मिनेटमा भाज्क्वेजले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

समूहको अर्को खेलमा टोटनह्यामले एपोएल निकोसियालाई ३-० ले पराजित गर्‍यो । टोटनह्याम समूह एचको विजेताको रुपमा छनोट भइसकेको हो भने रियल उपविजेताको रुपमा छनोट भएको हो ।

त्यस्तै इङ्ग्लिस टोली म्यानचेस्टर सिटीले सिजनको पहिलो हार बेहोरेको छ । शाख्तारले सिटीलाई २-१ ले हराउँदै अन्तिम १६ मा आफ्नो स्थान पक्का पनि गर्‍यो । यसैगरी फिलिप कौटिन्होको ह्याट्रिकको मद्दतले समूह ईमा लिभरपुलले स्पार्टाक मस्कोलाई ७-० ले हरायो ।

मेरिबोरसँग १-१ ले रोकिएको सिभिल्ला उपविजेता हुँदै छनोट हुन सफल भयो भने लिभरपुल विजेताका रुपमा छनोट भयो । समूह जीमा भने बेसिक्टास र पोर्टोले जित हांसिल गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.