7 years ago
December 5, 2017
म्याड्रिड (एजेन्सी)– झन्डै एक दशक यता पहिलो पटक टोलीले सिजनमा खराब सुरुआत गर्नका वावजुद रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले क्लबको प्रशिक्षकका लागि जिनेदिन जिदाननै उपयुक्त व्यक्ति भएको बताएका छन् । सन् २००८ यता लि लिगामा रियलको यो सबैभन्दा खराब सुरुआत हो ।
शनिबार शीर्षस्थानको बार्सिलोनासँग अंक दुरीलाई छोट्याएर ६ अंकमा झार्ने अवसरलाई पनि रियलले चुकाएको थियो । जहाँ रियलले एथलेटिको बिलबावोसँग गोलरहित बराबरी खेलेको थियो । त्यो परिणामसँगै रियल चौथो स्थानमा रहेको छ । १४ खेलको समाप्तीमा रियल बार्सिलोनाभन्दा अझै ८ अंकले पछाडि परेको छ ।
उपाधि रक्षाका लागि रियलले निकै संघर्ष गर्नुपर्ने देखिएको छ । तथापी अध्यक्ष पेरेज प्रशिक्षक जिदानको पक्षमा उभिएका छन् । नौं वर्षयताकै कमजोर सुरुआत भएपनि टोलीलाई पुनः प्रतिस्पर्धात्मक अवस्थामा ल्याउन जिदानको मनोबल उच्च रहेको अध्यक्ष पेरेजले विश्वास लिएका छन् ।
‘सम्भव भएमध्य जिदान अहिलेका उत्कृष्ट नेतृत्वकता हुन् । उनले जे उपलब्धी हासिल गरेका छन्, ती असाधारण छन्,‘उनी उत्कृष्ट प्रशिक्षक र टोलीका रोल मोडल हुन् । उनले यो सिजन स्पेनिस कप र युरोपिन सुपर कप जिजितसको छन् । हामीलाई असम्भव लाग्ने युरोपियन च्याम्पियन्स लिगको उपाधि पनि रक्षा गरेका छन् । जसले हामीलाई आशावादी बनाएको छ ।
अध्यक्ष पेरेजले सुपरस्टार क्रिस्टियानो रोनाल्डोको कमजोर फर्मको पनि बचाउ गरेका छन् । रोनाल्डोले लिगका १० खेलमा अहिले सम्म २ गोल मात्र गरेका छन् भने बिलबावोसँगको पछिल्लो खेलमा पनि धेरै अवसर गुमाएका थिए । ‘रोनाल्डो अहिले पनि उत्तिकै महत्वपूर्ण खेलाडी हुन् । उनी क्लबको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्’ उनले भने, ‘उनले पाँचौं बालोन डि’ ओर पनि जित्नेछन् ।’
अध्यक्ष पेरेज र प्रशिक्षक जिदानपछि नियमित सम्वाद भइरहेको बताइएको छ । क्लबबाट तर्फबाट प्रशिक्षकको हौसला बढाउनका लागि समर्थकहरुलाई सन्देश पनि दिने गरिएको उल्लेख गरिएको छ । अक्टुबरमा मात्रै चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेलाई पछि पार्दै जिदानले फिफाको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका थिए । क्लबका महान खेलाडी समेत रहेका जिदानकै प्रशिक्षणमा रियल पहिलो पटक लगातार दुई पटक च्याम्पियन्स लिग उपाधि जित्ने पहिलो टोली बन्न सफल भएको थियो ।
उपाधि रक्षा गर्ने क्रममा मेमा रियलले युभेन्ट्सलाई ४–१ ले हराएको थियो । अहिले पनि रियल उपाधि रक्षाको अभियानमा अघि बढी रहेको छ । समूह ‘एच’ बाट टोटेनह्यामपछि उपविजेताका रुपमा रियल अन्तिम १६ मा पुगिसकेको छ । नकआउट चरणमा पुगिसकेको रियलले बुधबार समूह चरणको अन्तिम खेलमा बोरुसिया डर्टमन्डको सामना गर्दैछ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]