default_image

7 years ago

December 5, 2017

च्याम्पियन्स लिगमा बायर्न म्युनिख र पिएसजी भिड्दै

117 views

0 Bookmark

म्युनिख (एजेन्सी) – विश्व क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगमामा समूह चरणअन्तर्गत  जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) एक आपसमा भिड्दै छन् ।  

बार्यन र पिएसजी बीचको खेल बार्यनको घरेलु मैदानमा हुदैछ । समूह चरणको पहिलो खेलमा पिएसजीले म्युनिखलाई ३–० ले पराजित गरेको थियो । त्यही बदला लिने दाउमा म्युनिख हुनेछ भने, पिएसजी आफ्नो जितलाई निरन्तरता दिने अभियानमा हुनेछ ।

समूह ‘बी’ मा पिएसजी १५ अंक र म्युनिख १२ अंकसहित यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् । पिएसजी फ्रान्सेली लिग वान को शीर्ष स्थानमा छ भने बार्यन म्युनिख पनि जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा छ।

यस्तै समुह ‘सी’ मा चेल्सी र एट्लेटिको म्याड्रिडबीचको खेल पनि निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । चेल्सी १० अंकसहित शीर्ष स्थानमा छ भने एट्लेटिको म्याड्रिड ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । नकआउट चरणमा पुगिसकेको चेल्सी घरेलु मैदानमा एट्लेटिको म्याड्रिडलाई पराजित गर्ने लक्ष्यमा हुनेछ ।

त्यस्तै एट्लेटिको म्याड्रिड चेल्सीलाई पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । यो समूहमा रोमाले क्वाराबागसँग खेल्दैछ । रोमा ८ अंकसहित दोस्रो स्थानमा छ । एट्लेटिको म्याड्रिडले चेल्सीलाई पराजित गरेको र रोमा क्वाराबागसँग पराजित भएको खण्डमा एट्लेटिको म्याड्रिडले नकआउट चरणमा स्थान बनाउने छ ।

प्रतियोगितामा समूह ‘ए’ मा म्यानचेष्टर युनाइटेड १२ अंकका साथ शीर्ष स्थानमा छ । युनाइटेडलाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेलमा जित आवश्यक छ । समुह ‘डी’ मा ११ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा कायम रहदै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

च्याम्पियन्स लिगमा अन्य खेलहरु

बेन्फिका विरुद्ध एफसी बासेल

म्यानचेष्टर युनाइटेड विरुद्ध सिएसके मस्को

सेल्टिक विरुद्ध एण्डललेक्ट

रोमा विरुद्ध क्वाराबाग

बर्सिलोना विरुद्ध स्पोर्टिङ लिस्वन

ओलम्पियाकोस विरुद्ध युभेन्टस

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.