7 years ago
December 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको साफ महिला यू–१५ फुटबल प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले सोमबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
एन्फाले प्रशिषणमा रहेका २४ खेलाडीबाट अन्तिम २० खेलाडी घोषणा गरेको हो । प्रशिक्षणमा रहेका झरना नगरकोटी, रोशनी धिमाल, सुष्मा तामाङ र रजनी श्रेष्ठले अन्तिम अन्तिम टोलीमा स्थान बनाउन सकिनन् ।
नेपालले आयोजक बंगलादेशसँग खेल्दै साफ महिला यू १५ फुटबल प्रतियोगिताको सुरुआत गर्दै छ । नेपाल र बंगालदेशबीच डिसेम्बर १७ मा खेल हुदैछ । खेल ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा हुनेछ ।
यस्तै नेपालले डिसेम्बर १९ मा भारतको सामना गर्नेछ । त्यसको दुई दिनपछि अर्को खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहेको छ । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि डिसेम्वर २४ तारिखमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली
१.करिना धिमाल
२. बितिशा राजवंशी
३. पुष्पा गुरुङ
४. सरिश्मा थापा
५.मनमाया विके
६. सुष्मा राई
७.सुरक्षा सिंह
८. सरस्वती हमाल
९.प्रिति राई
१०. अश्मिता चौधरी
११. मुना मगर
१२. निकिता थोकर
१३. सविता रानामगर
१४. सुष्मा जिटी
१५. अन्जली चन्द
१६. अस्मिता रानपाल (दर्जी)
१७. निकिता धिमाल
१८. सुप्रिया रजक
१९. रिया बानु
२०. अस्मिता गुरुङ
मुख्य प्रशिक्षकः गंगा गुरुङसहायक
प्रशिक्षकः पारस चौधरी
गोलरक्षक प्रशिक्षक: विनोद महर्जन
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]