7 years ago
December 3, 2017
बिल्बाओ (एजेन्सी) – स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरी खेलेको छ । बार्सिलोना पनि आफ्नो खेलमा रोकिँदा रियलले ऊसँग अन्तर कम गर्ने मौका पनि गुमाएको हो ।
रियल म्याड्रिडले खेलभरी केहि अवसरहरु पाए पनि तिनको सदुपयोग भने गर्न सकेन । क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाका प्रहार पोस्टमा लागेको थियो । रियलका सर्जियो रामोसले खेलको अन्तिमतिर रातो कार्ड पाएपछि भ्रमणकारी टोली १० खेलाडिमा सीमित हुन पुगेको थियो ।
यस नतिजासँगै रियल तालिकाको चौथो स्थानमा यथावत् छ । गए राति बार्सिलोनाले पनि सेल्टा भिगोसँग २-२ को बराबरी खेलेको थियो । बार्सा ३६ अंकसहित पहिलो स्थानमा छ भने रियल २८ अंकसहित चौथो स्थानमा छ । भ्यालेन्सिया (३१ अंक) र एट्लेटिको म्याड्रिड (३० अंक) तेस्रो र चौथो स्थानमा छन् ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]