default_image

7 years ago

December 2, 2017

रोमाञ्चक खेलमा बार्सिलोना रोकियो

98 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले सहज गोल गर्ने अवसर गुमाएपछि बार्सिलोना घरेलु मैदानमा सेल्टा भिगोसँग २-२ को बराबरीमा रोकिएको छ ।  

messi

भ्रमणकारी सेल्टाले खेलको २० औं मिनेटमा अग्रता लिएको थियो ।म्याक्सी गोमेजको प्रहारलाई बार्सिलोनाका गोलकिपरले रोकेपनि लिभरपुलका पूर्व स्ट्राइकर आइगो आसपासले सहजै ट्याप गर्दै सेल्टालाई अग्रता दिलाए । मेस्सीले ३ मिनेट पछि बार्सिलोनालाई बराबरी दिलाए । पौलिन्होको पासलाई सदुपयोग गर्दै मेस्सीले १० यार्डबाट गोल गरे।

पहिलो हाफमा बराबरीमा रहेको बार्सिलोनाले लुइस स्वारेजको गोलमा अग्रता पायो । खेलको ६३ औं मिनेटमा जोर्डी अल्बा र मेस्सीबीचको राम्रो तालमेल पछि पाएको बललाई स्वारेजले ६ यार्डबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर त्यो अग्रता धेरै समय रहेन । ७० औं मिनेटमा म्याक्सी गोमेजले सेल्टालाई खेलमा फर्काए । आसपासले सुरु गरेको काउण्टर एट्याकमा गोमेजले गोल गरेका हुन् ।

खेलको ८५ औं मिनेटमा मेस्सीले गोल गर्ने सहज मौका गुमाए । लुइस स्वारेजको प्रहार डिफेन्डरमा लाग्दै फर्किएपछि डेनी स्वारेजले दोस्रो पटक पाएको मौकामा राम्रोसँग नलाग्दा मेस्सीले हेड मार्फत फ्लिक गरेको प्रहार बाहिरिएको थियो ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.