9 years ago
December 18, 2015
इन्डोनेशियामा व्यावसायिक फुटबल खेलेका रोहित चन्द मलेशिया प्रीमियर लिगको ‘टि-टिम’ सँग अनुबन्ध नजिक पुगेका छन ।
आफ्नो व्यक्तिगत कारण जनाउदै मलेशिया गएका रोहित उतैबाट बाङ्लादेश पुगेका थिए । मलेशियामा उनले टि टिमसँग फिट्नेस परीक्षणमा सामिल भए ।
‘टेरेन्गनु आएर रोहित पहिलोपल्ट ट्रेनिङ सेसनमा सहभागी भए,’ टी–टिमको फेसबुकमा लेखिएको छ ।
भारत को आई लिग हुँदै इन्डोनेसिया को सुपर लिग खेलेका रोहित फिफाले इन्डोनेसियन फुटबललाई निलम्बन गरेपछि सात महिना यता स्वदेश थिए ।
गत सिजन मलेशियाको दोस्रो डिभिजनमा तेस्रो भएको टि टिम प्ले अफ जिते पहिलो श्रेणीमा उक्लिने छ ।
January 7, 2025
एजेन्सी – एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको छ। टामी अब्राहमले खेलको अन्त्यतिर गरेको गोलमाले एसी सोमवार इन्टर मिलानलाई ३–२ ले पराजित गर्दै एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको हो । साउदी अरेबियाको रियादमा भएको खेलमा साविक विजेता इन्टरले २-० गोलको अग्रता गुमाएको हो । लउटारो मार्टिनेज पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे। मेहदी टारेमीको ४७ […]
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रश्मिकुमारी घिसिङको ४ गोलमा एपिएफ क्लबले एन्फा महिला लिगको अन्तिम चरणको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई सहजै हराएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमवार एपिएफले वालिङमाथि ९-० को सहज जित निकालेको हो । एपिएफले अन्तिम चरणमा लगातार दोस्रो जित हात पारेको हो । एपिएफलाई फराकिलो जित दिलाउँन रश्मिले ४, सरु लिम्बु र […]
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज वालिङ नगरपालिकाले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेको एपिएफ जितको लयलाई निरन्तरता दिन चाहान्छ । पहिलो खेलमा एपिएफले बागमती युथ क्लबलाई पराजित गरेको थियो । पहिलो […]