7 years ago
December 2, 2017
दिपक बोहोरा
पाँचथर (हाम्रो खेलकुद) – १६ औं राष्ट्रिय विभुति तथा महागुरु फाल्गुनन्द लिङदेनको सम्मानमा वर्षेनि आयोजना हुँदै आएको फाल्गुनन्द गोल्डकपको नवौं संस्करण पुस ७ गतेबाट पुस १५ गते सम्म आयोजना हुने छ ।
पूर्वी पहाडमा प्रतिष्ठीत यस फुटबल प्रतियोगिता पाँचथरको फिदिममा खेलिने आयोजक फिदिम स्पोर्टिङ क्लबले जानकारी दिएको छ । यस फुटबल प्रतियोगितामा नेपालका केहि ए डिभिजनका क्लबहरु सहित १० टिमको सहभागीता रहने आयोजक क्लबका महासचिव पासाङ तामाङले बताए ।
प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लब सहित कर्णसिंह सोनाम स्मृति क्लब (ताप्लेजुङ), बिर्ता युनाइटेड (झापा) , मोरङ ११ , सुनसरी ११ ,हिमालय शेर्पा क्लब (काठमाण्डौं), एपिएफ (काठमाण्डौं), अग्नि रुपन्देही ११ ,डिभाइन ब्याइज युनियन (काठमाण्डौं) र सिक्कीम युनाइटेडले उपाधिको लागी प्रतिस्पर्धा गर्ने आयोजकले बताए ।
९ दिनसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्दा उपविजेताले नगद २ लाख प्राप्त गर्ने छन् । हरेक दिनको म्यान अफ दि म्याच, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकले समान नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् ।
अधिल्ला वर्ष टुबोर्गले प्रायोजन गर्दै आएको प्रतियोगितालाई यस वर्ष रुसलानले मुख्य प्रायोजन गर्ने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले बताए । प्रतियोगितमा दर्शकको सुविधाको लागी बासको करिब चार हजार जना अट्ने प्यारापिट निर्माण गरिने छ ।
प्रतियोगिता सञ्चालनको लागि करीब ३८ लाख अनुमानित आगत लाग्ने श्रेष्ठले बताए । अधिल्लो वर्ष आठौं फाल्गुनन्द गोल्डकपको उपाधि झापाको बिर्ता युनाइटेडले जितेको थियो ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]