7 years ago
December 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको साफ महिला यू–१५ फुटबल प्रतियोगिताको लागि नेपाली टिमले प्रशिक्षण सुरु गरेको छ ।
नेपाली टिमले लगनखेलस्थित आर्मीको खेल मैदानमा प्रशिक्षण गरेको छ । ४७ जना खेलाडीलाई बोलाइएको प्रशिक्षणमा अहिले २४ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । केही दिनपछि नै अन्तिम २० खेलाडीको टुङ्गो लगाइने एन्फाले जनाएको छ ।
नेपाली युथ महिला टिमको मुख्य प्रशिक्षकमा गंगा गुरुङ रहेकी छिन् । पारस चौधरी सहायक प्रशिक्षक रहेका छन् । नेपालले आयोजक बंगलादेशसँग खेल्दै साफ महिला यू १५ फुटबल प्रतियोगिताको सुरुआत गर्दै छ ।
नेपाल र बंगालदेशबीच डिसेम्बर १७ मा खेल हुदैछ । खेल ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा हुनेछ । यस्तै नेपालले डिसेम्बर १९ मा भारतको सामना गर्नेछ । त्यसको दुई दिनपछि अर्को खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहेको छ । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि डिसेम्वर २४ तारिखमा प्रतिस्पर्धा गर्नेछन् ।
२४ सदस्यीय नेपाली टोली
१.करिना धिमाल
२.झरना नगरकोटी
३.बितिशा राजवंशी
४.पुष्पा गुरुङ
५. सरिश्मा थापा
६.मनमाया विके
७ खुश्मा राई
८.सुरक्षा सिंह
९. रोशनी धिमाल
१०. सरस्वती हमाल
११.प्रिति राई
१२. अश्मिता चौधरी
१३.सुष्मा तामाङ
१४. मुना मगर
१५. रजनी श्रेष्ठ
१६. निकिता थोकर
१७. सविता रानामगर
१८. सुमस जिटी
१९. अन्जली चन्द
२० अस्मिता दर्जी
२१. अस्मिता गुरुङ
२२. निकिता धिमाल
२३. सुप्रिया रजक
२४. रिया बानु
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]