7 years ago
December 1, 2017
मस्को (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ को समूह विभाजन आज सार्वजनिक भएको छ । सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म हुने २१ औं संस्करणको विश्वकप फुटबलको शुक्रबार निकालिएको ‘ड्र’ अनुसार उद्घाटन खेल आयोजक रुस र साउदी अरेबिया बीच हुने भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको ‘ड्र’ अनुसार फ्रान्स, डेनमार्क र पेरु रहेको समूह ‘सी’ लाई ग्रुफ अफ डेथको रुपमा हेरिएको छ किनभने फिफा र्याङकिङका अनुसार फ्रान्स नवौं, पेरु एघारौं र डेनमार्क बाह्रौंमा रहेका छन् ।
यस्तै युरोकप विजेता पोर्चुगल रहेको समूह ‘बी’ मा साविक विश्वकप विजेता स्पेन पनि रहेको छ। त्यस्तै अर्जेन्टिना रहेको समूह ‘डी’ लाई पनि कठिन समूहको रुपमा हेरिएको छ ।
विश्वकपका लागि फिफाको ६ महादेशका २०९ राष्ट्रले विभिन्न चरणको छनोट चरण पार गर्दै ३२ टोलीको टुंगो लागेको हो । फिफाले ‘ड्र’ को लागि छनोट भएका ३२ राष्ट्रलाई ४ पटमा विभाजन गरेको थियो । हरेक ‘पट’मा ८ टोलि रहेका थिए । ४ पटमा रहेका ३२ राष्ट्रलाई ‘ड्र’ बाट समूह चरणको लागि ८ समूहमा विभाजन गरिएको हो ।
हरेक समूहमा ४ टोली रहका छन् । रुस विश्वकपमा यो पटक युरोपबाट १४ राष्ट्र छनोट हुँदा दक्षिण अमेरिका, एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन् । उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाए । यो पटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले स्थान बनाउन सकेनन् ।
विश्वकपको समूह विभाजन
समूह ‘ए’ – रुस, साउदी अरब, इजिप्ट र उरुग्वे
समूह ‘बी’ – पोर्चुगल, स्पेन, मोरोक्को र इरान
समूह ‘सी’ – फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क
समूह ‘डी’ – अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया
समूह ‘ई’ – ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टा रिका र सर्विया
समूह ‘एफ’ – जर्मनी मेक्सिको, स्वीडेन र दक्षिण कोरिया
समूह ‘जी’ – बेल्जियम, पानमा, ट्युनिसिया र इंग्ल्याण्ड
समूह ‘एच’ – पोल्याण्ड, सेनेगल, कोलम्विया र जापान
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]