7 years ago
December 1, 2017
मस्को (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने रसिया विश्वकप फुटबल प्रतियोगिताको ड्र आज (शुक्रबार) हुदैछ । सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म हुने २१ औं संस्करणको विश्वकपको ‘ड्र’ रुसको राजधानी मस्कोमा नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुनेछ । रसिया विश्वकपको पोष्टर भने बुधबार नै सार्वजनिक भएको थियो ।
विश्वकपका लागि फिफाको ६ महादेशका २०९ राष्ट्रले विभिन्न चरणको छनोट चरण पार गर्दै ३२ टोलीको टुंगो लागेको हो । फिफाले ‘ड्र’ को लागि छनोट भएका ३२ राष्ट्रलाई ४ पटमा विभाजन गरेको छ । हरेक पटमा ८ टोलि रहेका छन् । ४ पटमा रहेका ३२ राष्ट्रलाई ‘ड्र’ बाट समूह चरणको लागि ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली रहनेछन् । रुस विश्वकपमा यो पटक युरोपबाट १४ राष्ट्र छनोट हुँदा दक्षिण अमेरिका, एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन् । उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाए । यो पटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा स्थान बनाउन सकेनन् ।
पट १ मा रहेका राष्ट्रहरु
रसिया, जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड र फ्रान्स रहेका छन् ।
पट २ मा रहेका राष्ट्रहरु
स्पेन, पेरु, स्वीट्जरल्याण्ड, इंग्लयाण्ड, कोलम्विया, मेक्सिको, उरुग्वे र क्रोएसिया रहेका छन् ।
पट ३ मा रहेका राष्ट्रहरु
डेनमार्क, आइसल्याण्ड, कोष्टारिका, स्वीडेन, ट्युनिसिया, इजिप्ट, सेनेगल र इरान रहेका छन् ।
पट ४ मा रहेका राष्ट्रहरु
सर्विया, नाइजेरिया, अष्ट्रेलिया, जापान, मोरोक्को, पानमा, दक्षिण कोरिया र साउदी अरब रहेका छन् ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]