default_image

7 years ago

December 1, 2017

मनाङ र आर्मीको वर्षको दोस्रो उपाधि भिडन्त आज

89 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनका दुई चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि आज प्रतिस्पर्धा गर्दैछ ।

आर्मी र मनाङबीच यो वर्षको दोस्रो उपाधि भिडन्त हो । यसअघि झापामै भएको सताक्षी गोल्ड कपमा आर्मी र मनाङले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । जसमा आर्मीले बाजी मारेको थियो । शुक्रबार आर्मीले उपाधि जिते आर्मीको यो तेस्रो उपाधि हुनेछ भने मनाङको दोस्रो उपाधि हुनेछ । भदौमा मनाङले चितवनमा जेसिज कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो भने आर्मीले त्यो भन्दा अघि विशाल स्मृति गोल्ड कपको उपाधि जितेको थियो ।

नकआउट फुटबलमा गत वर्ष मनाङ सर्वाधिक सफल टोली रहेको थियो भने त्यसपछिका सफल टोली आर्मी र सिएमजी क्लब संकटा रहेका थिए । मनाङले चारवटा उपाधि जित्दा आर्मी र सिएमजीले समान ३ नकआउट उपाधि जितेका थिए । मनाङ र आर्मीमध्ये जसले जितेपछि यो टोलीको दोस्रो उपाधि हुनेछ ।

गत वर्ष मनाङ र आर्मीबीच ३ वटा फाइनल भएको थियो । जसमध्ये दुहबी गोल्ड कप र हेटौडा गोल्ड कपमा आर्मीले बाजी मारेको थियो भने मनाङले राजर्षी गोल्ड कपको उपाधि जितेको थियो ।

शुक्रबार मनाङ आर्मीलाई पराजित गर्ने र अघिल्लो साता सताक्षी गोल्डकपमा बेहोरेको हारको बदला लिने लक्ष्यसहित मैदान उत्रनेछ । मनाङसँग राष्ट्रिय टिमका ८ खेलाडी समावेश छ । तर, मनाङको प्रदर्शन काकरभिट्टा गोल्ड कपमा सोचेजस्तो प्रदर्शन हुन सकेको छैन । मनाङसडन डेथमा विपक्षी टिमलाई पाखा लगाउदै फाइनलसम्म पुग्न सफल भएको हो । मनाङसँग राष्ट्रिय टिमका विमल घर्ती मगर, विराज महर्जन, विशाल राई र अनन्त तामाङ हेमन गुरुङलगायतको खेलाडी रहेका छन् ।

यता, आर्मी भने विपक्षी टिमलाई सहजै पराजित गर्दै फाइनलसम्म पुग्न सफल भएको टोली हो । मोसफलको सर्वाधिक पुरस्कार राशी रहेको काकरभिट्टा गोल्ड कपको विजेताले उपाधिसहित ८ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.