default_image

7 years ago

December 1, 2017

रियलका लागि यो महिना महत्वपूर्ण

82 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– यो डिसेम्बर महिना स्पेनिस महारथी रियल म्याड्रिडका लागि सिजनमा महत्वपूर्ण रहनेछ । सिजनको पहिलो उपाधि जित्ने सम्भावना देखि ला लिगाको शीर्षस्थानको टोलीसँग अंक दुरी छोट्टाउने अवसर रियलसँग छ । तर, टोली त्यसमा कति खरो उत्रन्छ, त्यो झनै महत्वपूर्ण हुनेछ । यो महिनाले रियलले ६ वटा खेल खेल्दैछ । जसमा ला लिगाका ३, च्याम्पियन्स लिगको १ र क्लब विश्व कपका २ खेल खेल्नुपर्नेछ ।

real

ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना भन्दा ८ अंकले पछि रहेको रियल अंक तालिकाको चौथो स्थानमा छ । डिसेम्बरको सबै खेल जित्न सके रियलका लागि सकारात्मक उर्जा हुनेछ । १३ खेलमा ८ जित , ३ हार र २ बराबरी सहित ला लिगामा चौथो स्थानमा रहेको रियलले आइतबार एथलेटिक बिलबावोको सामना गर्नेछ । बिलबावोसँगका पछिल्लो १२ खेलमा ७ खेलमा मात्र जित हासिल गरेको थियो । त्यसैले डिसेम्बरको पहिलो चुनौती रियलले जितबाट सुरु गर्दै अघि बढ्नु पर्ने छ ।

त्यसपछि अर्को खेल च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्डको सामना गर्नेछ । तुलानात्मक रुपमा त्यो खेल कम महत्वको छ । अन्तिम १६ मा पुगि सकेको र समूह विजेता बन्ने सम्भावना समेत समाप्त भइसकेकाले रियलका लागि त्यो खेल खासै अर्थ राख्दैछ । त्यसको दुई दिन पछि रियलले सेभिल्लाको सामना गर्नेछ । गत सिजन रियलको ४० खेल निरन्तर जितको लयलाई तोडेको सेभिल्लासँग टोली शतर्क रहेको हुनुपर्दछ । सिभिल्लाको खेललाई मध्यनजर गर्दै प्रशिक्षक जिनेदिन जिदानले केही महत्वपूर्ण खेलाडीलाई विश्राम दिने निश्चिछ ।

त्यसपछि १३ डिसेम्बरमा च्याम्पियन्स लिगको साविक विजेता रियलले क्लब विश्व कपको सेमिफाइनल खेल्नेछ । डिसेम्बर १६ मा फाइनल अथवा तेस्रो स्थानका लागि खेल्नेछ । क्लब विश्वकपको उपाधि जित्दै २०१७ लाई सुखद विदाई दिने रियलको प्रयास पक्कै रहनेछ ।  डिसेम्बरमा रियलको अन्तिम खेलका रुपमा रहेको एल क्लासिको सबै भन्दा महत्वपूर्ण रहनेछ । जहाँ रियल र बार्सिलोनाबीच सिजनको पहिलो भिडन्त हुनेछ । ला लिगाको यस खेलमा शीर्षस्थानको बार्सिलोनासँग अंक दुरी घटाउने रियललाई त्यो राम्रो अवसर हो ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.