default_image

7 years ago

November 30, 2017

प्रिमियर लिगमा सिटी, चेल्सी र आर्सनल विजयी

74 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई २-१ ले हराएको छ । सिटीको लागि इन्जुरी समयमा रहिम स्टेर्लिङले निर्णायक गोल गरेका थिए ।

केभिन डे ब्रुयनले खेलको ४७ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर साउथह्याम्पटनका ओरियल रोमेउले ७५ औं मिनेटमा एक गोल फर्काए । सिटीको जितको यात्रालाई कायम राख्दै अन्तिम समयमा स्टेर्लिङले गरेको प्रहार टोलीलाई खेलबाट ३ अंक लिन पनि पर्याप्त रह्यो ।

त्यस्तै एन्टोनियो रुडिगरको गोलको मद्दतले चेल्सीले स्वान्सिलाई १-० ले हराउन सफल रह्यो । अर्को बलियो टोली आर्सनलले हडर्सफिल्डमाथि ५-० को जित दर्ता गर्‍यो । आर्सनलका लागि ओलिभर जिरुडले दुई गोल, एलेक्जान्डर लाकाजेट , मेसुट ओजिल र एलेक्सिस सान्चेजले एकएक गोल गरे ।

साडियो मानेको एक तथा मोहम्मद सालाहको दुई गोलको मद्दतले लिभरपुल पनि स्टोकलाई ३-० ले हराउन सफल भयो । एभरटनको वेस्ट ह्याममाथि ४-० को जितमा वायन रुनीले ह्याट्रिक पनि गरेका थिए ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.