7 years ago
November 30, 2017
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश कोपा डेल रेमा बार्सिलोनाले रियल मर्सियालाई ५-० ले हराएको छ । यस जितसँगै बार्सिलोना प्रतियोगिताको अन्तिम १६ मा पनि प्रवेश गरेको छ ।
बार्सिलोनाका लागि पाको अल्कासेरले १६ औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल मात्र गरेको घरेलु टोलीले दोस्रो हाफमा भने चार गोल गर्यो ।
प्रतिबन्धबाट फर्केका जेरार्ड पिकेले ५६ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने त्यसको पाँच मिनेटमै अलेक्स भिडालले स्कोर ३-० पारे । त्यस्तै ७४ औं मिनेटमा डेनिस स्वारेजले टोलीको चौथो गोल थपे ।
खेलको ७९ औं मिनेटमा युवा खेलाडि जोसे आर्नियाजले गोल गर्दै जित सुनिश्चित गरेका थिए । पहिलो लेग ३-० जितेको बार्सिलोना यसरी एग्रिगेटमा ८-० ले विजयी रह्यो । अब बार्सिलोनाले घरेलु लिगमा शनिबार सेल्टा भिगोको सामना गर्ने छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]