7 years ago
November 29, 2017
काकारभिट्टा (हाम्रो खेलकुद) –लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई आज सडन डेथमा हराउँदै मनाङ लगातार दोस्रो साता दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा मनाङ ८–७ ले विजयी भएको थियो । पेनाल्टी सुट आउटमा पनि ४–४ को बराबरीपछि सडन डेथमा मनाङले बाजी मारेको थियो । सडन डेथमा अफ्रिकी मुलका फ्लोरेन्सको प्रहार बाहिरिएपछि मनाङ विजयी भएको थियो । सडन डेथमा मनाङ विमल घर्ती मगर, विराज महर्जन, विशाल राई र अनन्त तामाङले गोल गरे । काकरभिट्टाका लागि भुषण लिम्बु, सुरज सुनार र विष्णु सुनारले गोल गरे ।
त्यसअघि पेनाल्टी सुट आउटमा मनाङका लागि कप्तान अनिल गुरुङ, विमल बस्नेत, कमल श्रेष्ठ र हेमन गुरुङले गोल गरे । काकरभिट्टाका लागि निराजन खड्का, प्रकाश बुढाथोकी, सरोज दहाल र हेमन्त थापा मगरले गोल गरे । मनाङका विक्रम लामा र काकरभिट्टाका निशान लिम्बुको प्रहार विपक्षी गोलकिपरले रोकेका थिए ।
राष्ट्रिय टोलीका ८ खेलाडी उतारेको मनाङले गोलको खडेरी भने तोड्न सकेन । दुवै टोली १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका थिए । ५८ औं मिनेटमा काकरभिट्टाका खमिरले रातो कार्ड पाएका थिए । त्यस्तै मनाङका सुजल श्रेष्ठले ६९ औं मिनेटमा रातो कार्ड पाएका थिए । मनाङका हेमन म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
मनाङ काकरभिट्टामा लगातार दोस्रो खेलमा सडन डेथमा विजयी भएको हो । क्वार्टरफाइनलमा टोलीले अग्नी रुपन्देही ११ लाई सडन डेथमा नै हराएको थियो । फाइनलमा मनाङले अब शुक्रबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराएको थियो । मनाङ र आर्मीबीच लगातार दोस्रो साता दोस्रो पटक उपाधि भिडन्त हुने भएको छ ।
मंसिर ७ गते यी दुई टोली सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेलेका थिए । जसमा आर्मी च्याम्पियन बनेको थियो । मनाङ गत वर्षको सर्वाधिक सफल टोली हो । गत वर्ष टोलीले ४ नकआउट उपाधि जित्दा आर्मी र सिएमजी क्लब संकटाले समान ३ उपाधि जितेका थिए । मोसफलको सर्वाधिक पुरस्कार राशी रहेको काकरभिट्टा गोल्ड कपको विजेताले उपाधिसहित ८ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]