7 years ago
November 29, 2017
म्याड्रिड (एजेन्सी) – कोपा डेल रेमा स्पेनिश च्याम्पियन रियल म्याड्रिड तेस्रो डिभिजनको फिउनलाब्राडासँग २-२ को बराबरीमा रोकिएको छ । पहिलो लेग २-० ले जितेको रियल एग्रिगेटमा ४-२ ले विजयी रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
फिउनलाब्राडाले २५ औं मिनेटमा गोल गर्दै खेलमा आश्चर्यजनक अग्रता लिएको थियो । सो गोल लुइस मिलरले गरेका थिए । तर चोटमुक्त हुँदै फर्किएका ग्यारेथ बेलले दुई गोल सिर्जना गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
रियलका लागि बोर्जा मायोरलले बेलको पासमा ६२ औं तथा ७० औं मिनेटमा गोल गरेका थिए । तर खेलको अन्तिम मिनेटतिर फिउनलाब्राडाका एल्भारो पोर्टिलाले गोल गर्दै खेल बराबरी बनाए ।
अन्य खेलहरुको नतिजा यस प्रकारको रहेको छ:
मालागा १-१ न्युमान्सिया (एग्रिगेटमा न्युमान्सिया ३-२ ले विजयी)
लेगानेस १-० भालाडोलिड (एग्रिगेटमा लेगानेस ३-१ ले विजयी)
लेभान्टे १-१ जिरोना (एग्रिजेटमा लेभान्टे ३-१ ले विजयी)
सेल्टा भिगो १-० एबार (एग्रिगेटमा सेल्टा भिजो ३-१ ले विजयी)
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]