default_image

7 years ago

November 29, 2017

युनाइटेड विजयी, टोटनह्याम पराजित

69 views

0 Bookmark

वाटफोर्ड (एजेन्सी) – गए राति खेलिएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई ४-२ ले हराएको छ । युनाइटेडको जितमा एस्लि योङले दुई गोल गरे ।

खेलको १९ औं र २५ औं मिनेटमा विङ-ब्याक एस्लि योङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ३२ औं मिनेटमा एन्थोनि मार्सियालले गोल गर्दै स्कोर ३-० बनाए ।

ट्रोय डिनी र अब्डुलाए डिकुरेले घरेलु टोलीका लागि गोल गर्दै खेलमा फर्किन खोजेका थिए । तर ८६ औं मिनेटमा जेसे लिन्गार्डले गोल गर्दै वाटफोर्डको आशा समाप्त गरिदिए । यो जितसँगै युनाइटेडको १४ खेलमा ३२ अंक रहेको छ ।

त्यस्तै टोटनह्याम भने लेस्टर सिटीसँग उसको घरेलु मैदानमा २-१ ले पराजित भएको छ । लेस्टरका लागि जेमि भार्डि र रियाद मारेजले अग्रता दिलाएका थिए भने दोस्रो हाफमा टोटनह्यामका ह्यारी केनले एक सान्तवना गोल हात पारे ।

यस पराजयसँगै टोटनह्याम यस साता सातौंसम्म झर्ने सम्भावना छ । त्यस्तै अन्य खेलमा ब्राइटन र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले भने वेस्ट ब्रोम र न्युकासलले पनि २-२ को बराबरी खेले ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.