7 years ago
November 28, 2017
काकरभिट्टा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब मोफसलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको फाइनल पुगेको छ । काकरभिट्टा माविको मैदानमा आज भएको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
आर्मीको तीनै गोल दोस्रो हाफमा सम्भव भएको हो । दिनेश हेम्जनले खेलको ५४ औं र ६४ औं मिनेटमा गोल गरे भने जर्ज प्रिन्स कार्कीले ८५ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका थिए । ‘म्यान अफ द म्याच’ दिनेशले १० हजार नगदसाथै पहिलो गोल गरेवापत रु. तीन हजार पनि प्राप्त गरे।
आर्मी वर्षको तेस्रो उपाधिको नजिक पुगेको छ । गत साता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीलाई पराजित गर्दै सताक्षी गोल्ड कपको उपाधि जितेको आर्मीले त्यसअघि वर्षको पहिलो उपाधिका रुपमा विशाल स्मृति गोल्ड कप जितेको थियो । आर्मीले आयोजक काकरभिट्टा र मनाङबीच बुधबार हुने सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।
नेपाली फुटबलमा सफल इतिहास बोकेको पुलिस केही वर्षयता नकआउट प्रतियोगितामा पनि कमजोर रहँदै आएको छ । अर्को विभागिय टोली आर्मीले भने लगातार उच्च प्रदर्शन गरिरहेको छ । गत वर्ष घरेलु फुटबलमा १० नकआउट फुटबलको फाइनल खेलेको आर्मीले ३ वटा उपाधि जितेको थियो । काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ८ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]