default_image

7 years ago

November 28, 2017

काकरभिट्टामा आज दुई विभागिय टोलीबीच भिडन्त

110 views

0 Bookmark

काकरभिट्टा (हाम्रो खेलकुद)– दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मोफसलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको सेमिफाइनलमा आज प्रतिस्पर्धा गर्दैछन् । काकरभिट्टा माविको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाली फुटबलमा सफल इतिहास बोकेको पुलिस केही वर्षयता पुलिस नकआउट प्रतियोगितामा पनि कमजोर रहँदै आएको छ । अर्को विभागिय टोली आर्मीले भने लगातार उच्च प्रदर्शन गरिरहेको छ । गत वर्ष घरेलु फुटबलमा १० नकआउट फुटबलको फाइनल खेलेको आर्मीले ३ वटा उपाधि जितेको थियो ।

यो वर्ष पनि टोली सोही बाटोमा अघि बढिरहेको छ । यो वर्ष २ वटा नकआउट उपाधि जितिसकेको आर्मी अर्को उपाधिको सम्भावनालाई जीवित राख्न आज सेमिफाइनलमा पुलिसको सामना गर्दैछ ।  गत सातामात्र अर्को ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीलाई हराउँदै आर्मीले सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

त्यसअघि टोलीले वैशाखमा विशाल स्मृति गोल्ड कपको उपाधि जितेको थियो । पुलिस भने यता राजधानीमा आयोजना भएको चन्द्रागिरी गोल्ड कपमा सहभागी हुदै झापा पुगेको थियो । काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ८ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

 

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.